एमाले सांसदले कर्मचारीले बिगारे भनेपछि प्रधानमन्त्री बालेनले भने यसको जड तपाईंहरू नै हो

एमाले सांसदले कर्मचारीले बिगारे भनेपछि प्रधानमन्त्री बालेनले भने यसको जड तपाईंहरू नै हो

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रुपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । सोमबार कोशी र कर्णालीका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरे ।

एमाले सांसद ऐनबहादुर महरसहित एमाले सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका थिए । तर, प्रधानमन्त्रीले कुनै प्रतिक्रिया नै नदिएको एक सांसदले जानकारी दिए ।

एमालेका सांसद महरले कर्मचारीतन्त्रका कारण सबै खत्तम भएको भन्दै यसमा सुधार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यसमा बालेनको जवाफ थियो, ‘यसको जड नै तपाईंहरु हो । कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुस् ।’

त्यसबाहेक गेटा अस्पताल निर्माणको विषय उठाउँदा प्रधानमन्त्रीले आफू यसको विकासका लागि तयार रहेको बताएका थिए ।

बालेनले भने, ‘गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु । कहिले गरौँ ?’

सांसदहरूले सेती लोकमार्गको विषयमा पनि चासो राखेका थिए । उनीहरूले कैलाली-खक्रौला नाकादेखी चीनको सिमाना ताक्लाकोटसम्मको बाटो निर्माणको काम अघि बढाउन सुझाव दिएका छन् ।

यसबारे प्रधानमन्त्रीले चासो राखेको ती सांसदले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय