ओलीमाथिको स्थानहद फुकुवा

ओलीमाथिको स्थानहद फुकुवा

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा भएको छ ।

भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।

आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो ।

जेनजी आन्दोनको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाही सम्बन्धमा आयोगबाट उनिसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उनको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएको आयोगले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय