कामु प्रधानन्यायाधीश बनिन् सपना प्रधान मल्ल 

कामु प्रधानन्यायाधीश बनिन् सपना प्रधान मल्ल 

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । आजदेखि सपना प्रधान मल्ल सर्वोच्च अदालतकाे कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेर हदले मंगलबार अवकाश भएपछि वरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।

नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ । प्रधानन्यायाधीश अवकाश भएपछि वरिष्ठतम न्यायाधीश स्वतस् कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ ।

मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । उनले सर्वोच्च अदालतमा करिब एक दशक कार्यरत रहँदा लैंगिक न्याय, लैंगिक एवं घरेलु हिंसा एवं संवैधानिक मामिला जोडिएका कैयौँ मुद्दामा दूरगामी असर पार्ने नजिर प्रतिपादन गरेकी छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय