कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, मन्त्रीहरूले दिए राजीनामा

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन् । कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिए ।

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन दबाब थियो ।

कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

कांग्रेस सरकारबाट बाहिरिएसँगै अब नेकपा सरकारमा सहभागी हुने तयारीमा छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय