को हुन् बागलुङ–२ का उम्मेदवार सोम शर्मा ? यसकारण छन् चुनावी मैदानमा

को हुन् बागलुङ–२ का उम्मेदवार सोम शर्मा ? यसकारण छन् चुनावी मैदानमा

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सामाजिक अभियन्ता सोम शर्मा कुनै विशिष्ट पृष्ठभूमिबाट आएका पात्र होइनन्। उनी सामान्य परिवारमा जन्मिएका, राज्यको दमन आफ्नै आँखाले देखेर हुर्किएका व्यक्ति हुन्।

२०६२/६३ को जनआन्दोलनका क्रममा उनका आमाबुबामाथि राज्यपक्षबाट गरिएको दमनले उनको बाल मनमा गहिरो चोट दियो। त्यही घटनाले उनको चेतनामा राजनीतिक प्रतिरोधको बीउ रोप्यो।

पढाइ, जागिर र सरकारी निकाय धाउने क्रममा उनले बारम्बार देखे—राज्य संयन्त्रभित्रको बेथिति, जनतामाथि हुने विभेद र अन्यायपूर्ण व्यवहार। ती अनुभवहरूले उनको आक्रोशलाई झन् तेज बनाउँदै लगे। त्यसपछि उनी राज्यका गलत निर्णयविरुद्ध, राष्ट्रियताका सवालमा र आम नागरिकको पक्षमा निरन्तर सडकमा उभिन थाले।

उनको संघर्ष सजिलो थिएन। पटक–पटक हिरासत, कुटपिट, गोली प्रहार—यी सबै उनले भोगे। कहिलेकाहीँ त आफ्नै राजनितिक दलका कार्यकर्ताबाट समेत आक्रमण सहनुपर्‍यो। तर ती कुनै पनि घटनाले उनको आवाज थाम्न सकेन। उनी कहिल्यै थाकेन्, कहिल्यै झुकेनन्।

सडकमा उभिँदै आवाज उठाउँदा उनलाई बारम्बार लाग्थ्यो—यी आवाज संसदसम्म पुगेको भए कति प्रभावकारी हुन्थ्यो होला। संसदमा पुगेकाहरूले जनताको पीडा बोलेनन्, बोले पनि कमजोर स्वरमा बोले भन्ने हुटहुटी उनलाई सधैं रहिरह्यो। यही भावनाले उनलाई अन्ततः चुनावी राजनीतितर्फ डोर्‍यायो।

देशका मुद्दा उठाउँदै गर्दा जन्मभूमिप्रतिको मोह झन् गहिरो बन्यो। यही कारण बागलुङ–२ बाट उनी संसदीय चुनावको मैदानमा उत्रिएका छन्।

सधैं समस्याले ग्रस्त गाउँ–समाजको आवाज उठाउने उनको चाहना अत्यन्त साधारण छ। पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, कृषि सुधार, सहज सार्वजनिक सेवा, समान व्यवहार र रोजगारी—यी नै उनका प्रमुख एजेन्डा हुन्। उनी संसदमार्फत यी विषयलाई मजबुत रूपमा उठाउन चाहन्छन्।

गत भदौ २३ र २४ गते सम्पन्न ‘जेनजी’ आन्दोलनका क्रममा गोली लागेर उनी घाइते भएका थिए। आफ्नै आँखाअगाडि साना बालबालिकामाथि गोली प्रहार भएको दृश्य आज पनि उनका आँखामा ताजै छ। यही पीडाले उनलाई अझ दृढ बनाएको छ—“जनतालाई मार्ने शासक अब स्वीकार्य हुँदैनन्।”

यही सोचका साथ उनी चुनावी मैदानमा छन्। जनताको ज्यान र अधिकारमाथि खेलवाड गर्नेहरूलाई संसद र निर्णयका केन्द्रसम्म पुग्न नदिनु नै उनको राजनीतिक संकल्प हो। निस्वार्थ भावना बोकेर चुनाव लडेका उनलाई नागरिकहरूले पनि “अब हामीलाई धोका नदेऊ” भन्दै जितको आश्वासन दिइरहेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय