खोल्साले बगाउँदा लाङटाङ घुम्न गएका भक्तपुरका चार जना बेपता

खोल्साले बगाउँदा लाङटाङ घुम्न गएका भक्तपुरका चार जना बेपता

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका-४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन् ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटेलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो ।

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।

अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय