गुल्मीको धुर्कोटले विपन्नलाई राहत हैन रोजगारी दिने

गुल्मीको धुर्कोटले विपन्नलाई राहत हैन रोजगारी दिने

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी वैशाख १९ । लकडाउनके समयमा सबै स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरिरहेको समयमा गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्न परिवारलाई राहत स्वरुप रोजगारी दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले विपन्न तथा मजदूर परिवारका लागि खाद्य पदार्थ वितरण नगरी काम दिने र काम गरेबापत राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । यसका लागि मजदूर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाइलगायत क्षेत्रमा रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

काम गरेबापत राष्ट्रिय मापदण्डानुसार पारिश्रमिक प्रदान गरिनेछ । पहिलो चरणमा ७ सय ७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई ध्यानमा राखी सामाजिक दूरी कायम गरेर बढीमा पाँच जनासम्मको समूह बनाएर नजीकैको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताउनुभयो । स्रोत काठमाण्डौ प्रेस

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय