गुल्मी: गुल्मी जिल्लाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ४ अर्ब भन्दा धेरै बजेट पाएको छ। अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट बक्तब्य अनुसार जिल्लाका १२ स्थानिय तहमा ४ अर्ब ३४ करोड ७८ लाख रुपैया पठाइएको छ।
जसअन्तर्गत दुई नगरपालिकाले मात्रै ८६ करोड ५८ लाख रुपैया पाएका छन्। भने गाँउपालिकाले ३ अर्ब ४९ करोड २० लाख पाएका छन्। सबैभन्दा धेरै मुसिकोट नगरपालिकाले पाएको छ। उसले ४७ करोड १८ लाख रुपैया बजेट पाउँदा रेसुङ्गा नगरपालिकाले त्यो भन्दा करिब ९ करोड कम अर्थात ३८ लाख ४० हजार रुपैया रकम पाएको छ।
![]()
त्यस्तै स्थानीय तहमा सबैभन्दा कम बजेट इस्मा गाँउपालिकाले पाएको छ। सो स्थानीय तहलाई २९ करोड ६८ लाख रुपैयाँ छुट्टाइएको छ। हेरौँ कुन स्थानीय तहले कति रकम पाए?
![]()