गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवलले गर्दै यस्तो प्रशंसनिया काम !!

गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवलले गर्दै यस्तो प्रशंसनिया काम !!

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रामकृस्ण कंडेल – गुल्मीको कुर्घा बाट रूपन्देहिमा बसाईसरी बसोबास गर्दै आऊनु भएका कुर्घेली हरूले बुटवलमा यहि मंसिर २१ गते शनिबार रक्तदान तथा परिचयात्मक डाईरेक्टरि ०७६ बिमोचन गर्न लागिएको बताईएको छ। गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटल-८,रूपन्देही समाजले उक्त कार्यक्रम आयोजना गर्न गईरहेको संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताऊनु भएको छ। अध्यक्ष अर्यालका अनुसार संस्थाले समय समयमा रक्तदान कार्यक्रम हरू आयोजना गर्दै आएको र यस कार्यले धेरै जनाको जिवन बचाऊन सकेकोले आफु हरू लाई गौरब लागेको बताऊनु भएको छ।

यसपटक रक्तदानको साथै कुर्घा, गुल्मी बाट रूपन्देही आई बसोबास गरीरहनु भएका सम्पूर्ण कुर्घेलीहरूको बर्तमान अबस्था सहित सम्पर्क नम्बर संलग्न गरी निकै मिहिनेतका साथ तयार गरिएको पुस्तक समेत बिमोचन गर्न लागिएको छ। रूपन्देगीमा बसोबास गरिरहनु भएका सम्पूर्ण कुर्घेली आमा बुवा,दाजु भाई,दिदि बहिनि हरू,बिज्ञापन दाता हरू,सहयोग दाता हरू लाई रक्त सन्चार केन्द्र, बुटवल अमरपथमा २१ गते बिहान ७ बजे उपस्थित हुन अध्यक्ष अर्यालले बिशेष आग्रह गर्नु भएको छ। यो संस्था ०७५ मा बिधिवत रूपमा स्थापित भएता पनि छोटै समयमा मानबिय सेवामा समर्पित हुदै आएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय