नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप–५’ आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।
भदौ ३१ गतेसम्म चल्ने यस अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गतका कार्यहरू तथा प्रतिआतंकवादसम्बन्धी तालिममा अनुभव र ज्ञान आदानप्रदान गरिने नेपाली सेनाले जनाएको छ ।
सन् २०१७ (२०७४ साल) बाट सुरु भएको यो संयुक्त अभ्यास नेपाल र चीनमा हरेक वर्ष आलोपालो हुँदै आएको छ ।
नेपाली सेनाले छिमेकी मुलुकका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास, पेसागत प्रतियोगिता र तालिममार्फत क्षमतावृद्धि र आपसी सहयोगलाई निरन्तरता दिँदै आएको छ ।