जुरीखेतमा जिप दुर्घटना, ६ जनाको मृत्यु

जुरीखेतमा जिप दुर्घटना, ६ जनाको मृत्यु

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो ।

जिपमा ९ जना सवार थिए । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको उनले बताए ।

घटनास्थलबाट घाइते ९ जना घाइतेलाई उद्धार गरी प्रहरीले उपचारका लागि हेटौंडा पठाएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय