ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- ‘एक पटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्’

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- ‘एक पटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्’

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उनको परिवारलाई एक पटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम हटाएको प्रति विरोध गर्दै शाहीले मौलिक हकबाट समेत बञ्जित गराउँदै सरकारले बिमा कटौती गरेर गरिबलाई उपचारबाट बञ्जित गरेको बताएका हुन्।

‘अर्थमन्त्री ज्यू र अर्थमन्त्रीको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एक पटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गरेर हेरिदिनुस्। त्यसपछि थाहा हुनेछ कि वर्तमान अवस्थामा सरकारी अस्पतालको सम्पूर्ण जनसङ्ख्याको भार धान्न सक्छ कि सक्दैन ?’, उनले भने ‘सरकारी अस्पतालको क्षमता वृद्धि नगरे, चिकित्सकको सङ्ख्या नबढाई, उपकरणको व्यवस्था नगरी, सेवा विस्तार नगरी, स्वास्थ्य बिमाको पहुँच घटाउनु भनेको गरिबलाई उपचार नगर, पीडा सह र अन्त्यमा मरे पनि राज्य जिम्मेवार हुँदैन भन्ने सन्देश दिनु जस्तै हो । आज स्वास्थ्य बिमाका कारण निजी अस्पतालमा उपचार गर्न सकिरहेका थिए।’

उनले केही निजी अस्पतालले घोटाला गरेको विषयलाई लिएर सेवा नै हटाउँदा गरिबलाई अन्याय गरेको बताए। उनले सरकारले उपचारको बाटो नरोजेर बिरामी र गरिबसँग कर लगाउन बाटो खोलेको उल्लेख गरे।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय