टाउको तल, खुट्टामाथि परेको अवस्थामा एक कर्मचारी मृत फेला

टाउको तल, खुट्टामाथि परेको अवस्थामा एक कर्मचारी मृत फेला

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका-१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।

रेग्मी गोरेटो बाटोबाट करिब ८/९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन् ।

मृतक रेग्मी गए राति दाजुको घरबाट करिब ८ ३० बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ । उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिएका छन् । रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।

तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुगेका रेग्मीका श्रीमती, चार छोरी र एक छोरा छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय