देशको सिमा समाधान गर्न पहिलो पटक राष्ट्रिय एकता भएकोले दृढता पूर्वक उभिन सरकारलाई पूर्व गृहमन्त्रि सिटौलाको आग्रह ।।

देशको सिमा समाधान गर्न पहिलो पटक राष्ट्रिय एकता भएकोले दृढता पूर्वक उभिन सरकारलाई पूर्व गृहमन्त्रि सिटौलाको आग्रह ।।

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल, ०१ मंसिर २०७६, बडिगाड बागलुङ, नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्रि कृष्ण प्रसाद सिटौलाले देशको सिमाको सन्दर्भमा पहिलो पटक राष्ट्रिय एकता कायम भएकोले दृढता पुर्वक उभिन र समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ। उपनिर्वाचनको सन्दर्भमा बागलुङको बडिगाड गाउँपालिका २, खर्वाङ आउनु भएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो।

पूर्व मन्त्रि सिटौलाले निर्वाचन प्रजातान्त्रीक प्रक्रिया भएकोले आचारसंहिता भित्र रहि सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो। कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व वन मन्त्रि शंकर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भन्दै सिँगो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो। कार्यक्रममा जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम दगातुन्डाडाका पार्टि सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको अध्यक्षता, बडिगाड संयोजक अर्जुन खरेलको स्वागत मन्तव्य तथा वडा नं. ७ भिमगिठेका अध्यक्ष कृष्ण गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।

पूर्व मन्त्रि सिटौलाले निर्वाचन प्रजातान्त्रीक प्रक्रिया भएकोले आचारसंहिता भित्र रहि सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो। कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व वन मन्त्रि शंकर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भन्दै सिँगो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।कार्यक्रममा जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम दगातुन्डाडाका पार्टि सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको अध्यक्षता, बडिगाड संयोजक अर्जुन खरेलको स्वागत मन्तव्य तथा वडा नं. ७ भिमगिठेका अध्यक्ष कृष्ण गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय