निजि बिधालयहरुले मात्र गर्ने गरेको घरदैलो अभियान सामुदायिक बिद्यालयले पनि गर्यो सुरु !!

निजि बिधालयहरुले मात्र गर्ने गरेको घरदैलो अभियान सामुदायिक बिद्यालयले पनि गर्यो सुरु !!

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा, बाग्लुङ बडिगाड – जिल्लाको बडिगाड गाउपालिका ५ मा रहेको भानु माध्यमिक बिधालय ले घरदैलो अभियान को सुरुवात गरेको छ। बिधालयमा गुणस्तर सुधारको योजना अन्तर्गत विद्यार्थीको शैक्षिक,आर्थिक धरातल , विद्यार्थीको बैयक्तिक भिन्नता,सास्कृतिक र सामाजिक अवस्था समेतको सूक्ष्म अध्यन गरि सोही अनुरुपले बिधालयको छात्रवृत्ति बितरण देखि अन्य शैक्षिक गतिबिधी अगाडि बढाउन सहज हुने,बिधालयमा गरिने अभिभावक भेलामा अभिभावकको उपस्थिती समेत बढाउने हेतुले घरदैलो अभियान सन्चालन गरिएको बिधालय का प्र.अ केशब खरेल ले बताउनुभयो।

आफ्नो घर- घरमा आफ्ना बाल बच्चालाई पठनपाठन गराउने शिक्षकहरुलाई देखेपछी अभिभावक भने दङ्ग देखिन्थे। आफुहरु घरदैलो अभियान मा जाँदै गर्दा बिधार्थी र अभिभावकको बिधालय प्रतिको धारणा बुझ्न पाएको भन्दै अभिभावक हरु खुसी भएको घरदैलो अभियानमा हिडेका शिक्षकहरु कृष्ण भट्टराई र बिश्णु आचार्य ले बताउनुभयो। अहिलेसम्म खासगरी निजि बिधालयहरुले मात्र गर्ने गरेको घरदैलो अभियान सामुदायिक बिधालय भानु माध्यमिक बिधालय ले सुरु गरेसङ्गै यश क्षेत्रमा यो अभियान लाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय