प्रधानमन्त्रीको तर्क- सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन्

प्रधानमन्त्रीको तर्क- सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन्

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेकै अवस्थामा देशलाई विद्युतीय युगमा लैजान नसकिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै देशभर विद्युतीय चुल्होबाट खाना पकाउने हो भने भार थाम्न नसकेर सबै ट्रान्सफर्मर पड्किने अनौठो तर्क गरेका छन् ।

‘अहिले तुरुन्तै हामीले देशलाई विद्युतीय युगमा लैजान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो र इन्डक्सनमा खाना पकाउने हो भने देशभरका ट्रान्सफर्मर र सब-स्टेशन पड्किन्छन् । अहिले नै हाम्रो क्षमताले धान्ने अवस्था छैन’, उनले भने।

शाहले नेपाल विद्युत् प्राधिकरणको क्षमता विकासका लागि सरकारलाई पैसा चाहिएको बताए । त्यहीकारण नयाँ आर्थिक वर्षको बजेटमार्फत् ५ प्रतिशत भ्याट लगाइएको जिकिर गरे।

‘यो ५ प्रतिशत कर एकदमै धेरै ठूलो रकम होइन । देशभरका टान्सफर्मर हामीले अपग्रेड गर्नुपर्नेछ । हामीले बिजुलीका तारको मोटाइ पनि बढाउनुपर्ने आवश्यकता छ। अनि मात्रै हामीले देशलाई विद्युतीय युगमा लैजान सक्छौँ । भ्याटबाट आएको पैसा अन्त जाँदैन, विद्युत् प्रणाली बलियो बनाउनै खर्च हुन्छ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय