प्रधानमन्त्री ओलीको हावादारी गफले देश बर्बाद भयो : प्रचण्ड

प्रधानमन्त्री ओलीको हावादारी गफले देश बर्बाद भयो : प्रचण्ड

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन् ।

संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ दिएका जिकिर गरे ।

उनले प्रधानमन्त्रीले धरातल छाडेर हावादारी गफ दिएको र आफूले कीर्तिपुरस्थित त्रिभुुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्य नियालिरहेको बताए । आफूले सदनमा बोलेको भन्दा फरक नरहेको उनले बताएका छन् । उनले भने, ‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ । उहाँ धरातल छाडेर हावादारी गफमा जानु भएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ । टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठिक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनु भएको छ । त्यो बेठिक छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय