प्रधानमन्त्री बालेनको श्रीमतीसँग १९० तोला गहना, अन्य सम्पत्ति कति ?

प्रधानमन्त्री बालेनको श्रीमतीसँग १९० तोला गहना, अन्य सम्पत्ति कति ?

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ छ ।

सम्पत्ति विवरणमा बैंक खातामा रहेको उक्त रकम सामाजिक सञ्जालमार्फत् आर्जन गरेको उनले खुलाएका छन् ।

उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् ।

त्यसैगरी, उनको सम्पत्ति विवरणमा ध्रुवदेवी शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ । त्यसैगरी, रामनारायण शाहको महोत्तरीमा नौ बिघा जग्गा छ ।

उनले श्रीमती सविना काफ्लेका नाममा १९० तोला गरगहना रहेको खुलाएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय