प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल निरन्तर विरोध गर्ने श्रम संस्कृतिको अडान

प्रधानमन्त्री संसद्‍मा नउभिउन्जेल निरन्तर विरोध गर्ने श्रम संस्कृतिको अडान

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै अध्यक्ष साम्पाङले संसद्प्रति जबाफदेही हुनुपर्ने प्रधानमन्त्रीको कर्तव्य भएकाले त्यसलाई पूरा गर्न नसके मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

उनले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए ।

सुकुम्वासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री सदनप्रति जबाफदेही हुनुपर्ने माग राख्दै श्रम संस्कृति पार्टीले सदनमा निरन्तर विरोध जनाउँदै आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय