दिनेश शर्मा, बडिगाड – जिल्लाको बडिगाड गाउपालिका वडा न २ को उपनिर्बाचन सम्पन्न भएपश्चात मतपेटिका गाउपालिका मा रहेको निर्बाचन अधिकृत को कार्यलय मा ल्याइसकिएको छ। तत्कालिन नेकपा एमाले बाट निर्बाचन जितेका वडाअध्यक्ष्य बिष्णु भुषाल जिल्ला समन्वय समिती को उपप्रमुख पद मा निर्बाचित भएपछी खाली रहेको उक्त वडा अध्यक्ष पदको निर्बाचन आज सम्पन्न भएको छ। बडिगाड २ को कुल मतदाता सत्रसय बयालिस रहेको मा ११३४ मत खसेको हो जुन ६५.०९ प्रतिशत रहेको हो ।
निर्बाचन मा तीन दल को उम्मेदवारी रहेको छ जसमा साझा बाम गठबन्धन बाट ढाल प्रसाद शेरचन ,नेपाली काङ्रेस बाट डिल ब राना र सङ्घिय समाजबादी बाट हरिलाल राना रहेका छन । निर्बाचन सम्पन्न भएपश्चात अहिले बडिगाड गाउपालिका को हल मा मतपेटिका र सुरक्षाकर्मी सङ्ग सङ्गै उम्मेदवार हरु समेत आइपुगेका छन बडिगाड गाउपालिका वडा न ५ मा रहेको गाउपालिका को कार्यलय सङ्गै स्थापना गरिएको निर्बाचन अधिकृत को कार्यलय मा अहिले मतगणना गर्ने तयारी अगाडि बढाइएको छ। अब ७ बजेदेखी नै मतगणना सुरु गरिने भएको छ।