कमल पौडेल – जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले बागलुङ पश्चिमका पर्यटकिय क्षेत्रहरु पर्यटकका लागी नयाँ स्वादमा हुने बताउनु भएको छ। बडिगाड गाउँपालिकाको वडा नं. ५ मा रहेको चमेरे करुणा गुफाको अवलोकन, प्रवद्र्धन तथा प्रचारको लागी नेपाल भ्रमण वर्ष २०२० को स्वागत कार्यक्रममा बोल्दै भुसालले सो कुरा बताउनु भएको हो। बडिगाड गाउँपालिका पर्यटनका लागी निकै सुन्दर रहेको भन्दै १० ओटै वडाहरुमा फरक फरक पहिचानहरु रहेको बताउनु भएको थियो। बडिगाडको चमेरे करुणा गुफा अन्य गुफा भन्दा फरक र ऐतिहासिक भन्दै एक पटक घुम्न आउन पनि सवैलाई आग्रह गर्नुभएको छ। बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चमेरे करुणा गुफा बडिगाडको निकै ठूलो सम्पत्ति भएको भन्दै कुनै पनि पर्यटकिय स्थलले सवैभन्दा वढि फाइदा स्थानियलाई पुरयाउने दावि गर्नुभयो।
पर्यटकिय ऐतिहासिक स्थल, संस्कृतिको संरक्षण स्थानियले गर्नुपर्ने भन्दै पाइजाले राज्यले सवै गरिदिन्छ भन्ने आशा र भ्रममा नपर्न आग्रह गर्दै सवै एक जुट भएर लाग्नुपर्ने बताउनु भएको छ। बडिगाड गाउँपालिकाले चमेरे करुणा गुफामा ठूलो लगानी गरिसकेको भन्दै त्यसको संरक्षणको जिम्मा स्थानियको भएको बताउनु भएको छ। पर्यटन विकास समिति गण्डकी प्रदेशका सदस्य इन्जिनियर खिमानन्द कँडेलले चमेरे करुणा गुफा आफुले कल्पना गरेभन्दै धेरै राम्रो रहेको भन्दै ठुलो पर्यटकिय सम्भावना रहको बताउनु भएको छ।
त्यस्तै बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले चमेरे करुणा सहित अन्य धेरै गन्तव्य वडिगाडमा रहेको भन्दै सवैको ध्यान पुग्नुपर्ने बताउनु भएको थियो। कार्यक्रममा बडिगाड गाउँसभाका सवै सदस्यहरु सहित, कर्मचारी, विद्यालयका प्रधानाध्यापक, पत्रकार, विभिन्न सामाजिक अगुवाहरुको समेत सहभागिता रहेको थियो। सो औपचारीक कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
बडिगाड गाउँपालिकाको सवै वडामा पर्यटकिय सम्भावना वोकेका क्षेत्रहरु रहेका छन्। जस अन्तरगत वडा नं. १ मा दगाकोत सहित धार्मिक पर्यटन, सोरठी, वडा नं. २ मा आकाशे पुल, दरम र बडिगाडको संगम स्थल लगाएत क्षेत्र, हेम्फै नाच, वडा नं. ३ मा देवि ढोका, गरङ् चौर, घाटु नाच, वडा नं. ४ मा वौद्ध गुम्वा, लोङ्गा लेक, वडा नं. ५ मा चमेरे करुणा गुफा, थानापति मन्दिर, केश पोखरी, भजन, वडा नं. ६ मा सुरकुडेको शिर, छिस फाँट, सोरठी भैलो, वडा नं. ७ मा थाम चौर, गुरुङ संस्कृति, वडा नं. ८ मा ढुंगा खानी, फलाम खानी, भेडि गोठ, शिव धुरी, वडा नं. ९ मा पञ्चैवाजा, मालारानी, वडा नं. १० मा गंगरे, सालैजो आदि, हुन् भने मह सिकार ९ज्यलभथ ज्गलतष्लन० को ठुलो सम्भावना रहेको क्षेत्र हो। बडिगाड नदिको तटमा अवस्थित साना वजार क्षेत्रहरु खर्वाङ, ग्वालीचौर, भिमगिठे सुन्दर क्षेत्रहरु हुन्।