बाग्लुङ क्षेत्रको मध्यपहाडी लोकमार्गको ठेकेदारलाई कारबाही गरेसंगै अब काम हुने भयो तिब्र!

बाग्लुङ क्षेत्रको मध्यपहाडी लोकमार्गको ठेकेदारलाई कारबाही गरेसंगै अब काम हुने भयो तिब्र!

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा बनेको सरकारले राष्ट्रिय गौरवको आयोजनालाई बिशेष महत्तो दिदै निर्माणाधिन आयोजनाको कडा निगरानी गर्न थालेसंगै बाग्लुङ-बिहुपोखरी घोदाबाँधेसम्मको खण्ड पुष्पलाल लोकमार्गा तिब्र गतिका साथ निर्माण हुने भएको छ |  करिब तिन वर्ष अघि देखि निर्माण कार्य रोकिएको उक्त स्थानमा तिन वटै तहका सरकारले बिशेष चासो दिएपछि निर्माणले तिब्रता पाउने भएको हो | बिगत तिन वर्ष अघि सुर्य कन्स्ट्रक्सन कम्पनीले जिम्मा लिएर निर्माण कार्य शुरु गरेता पनि लक्ष्य अनुसारको काम भएको थिएन | सरकारले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखी कारवाही गर्न थालेसंगै उक्त आयोजनाको समेत चासोको बिषय बनेको हो |

सिंहदरवारमा बुधवार जनप्रतिनिधि, सम्बंधित निकाय, निर्माण गर्ने कम्पनिसहितको छलफलले निर्माण कार्यलाई तिब्रता दिने निर्णय गरेको छ | निर्माणको समयमा केहि आन्तरिक समस्या भए तिनवटै तहका सरकारले समाधान गर्ने तर निर्माण कार्य भने कुनैपनि हालतमा अबका दिनमा रोकिन नहुनेमा जोड दिइएको छ | आगामि दिनमा उक्त सडक कुनैपनि तवरमा अस्तव्यस्थ हुन नदिनेमा सबैको सहमति भएको छ |

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय