बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छ : मन्त्री घिसिङ

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छ : मन्त्री घिसिङ

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताएका छन् ।

बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारे ।

आईतवार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

उनले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताए । ‘हामी तत्काल अवरुड सडक खोल्नेतिर अगाडि बढछौं । अब मौसम पनि नेपालबाट बाहिरिदैछ । भोलीसम्ममा मौसम पनि क्लिएर हुन्छ भन्ने छ । अब हामी विस्तारै सडकहरु खोल्नेतिर हामी लाग्छौं । पूर्वको सडकहरुमा बढी क्षति भएको छ’ उनले भने ।

मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाईसकेको बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय