बिना काममा लखर लखर डुल्ने गुल्मीका १२ जनालाई समातेर क्वारेन्टाइनमा

बिना काममा लखर लखर डुल्ने गुल्मीका १२ जनालाई समातेर क्वारेन्टाइनमा

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । छिमेकी स्थानीय तह मदाने गाँउपालिकामा कोरोना संक्रमित भेटिएसँगै मालिका गाँउपालिकाले लकडाउनमा कडाई गरेको छ । बिना काम गाउँपालिकाको अनुमति बिना एक स्थानिय तहबाट अर्को स्थानिय तहमा गएको जानकारि प्राप्त भएपछि वडा नम्बर ४ का १२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारी दिनुभएको छ ।

व्यक्तिहरु बिना काम छिमेकी स्थानिय तह मदाने गाउँपालिका गएको जानकारी प्राप्त भएपछि वडा नम्बर ४ मा रहेको पोस्ट हार्डवेयर जलजला क्वारेन्टाइनमा राखिएको नेपालि कांग्रेस मालिका गाउँपालिका छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले बताउनुभयो ।
मदाने गाँउपालिकामा कोरोना भेटिएपछि मालिका गाँउपालिकालाई सिल गरिएको छ ।

कुनै पनि अत्यन्त जरुरि काम बिना एक वडाबाट अर्को वडामा जाने व्यक्तिलाई पनि गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिने गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताउनुभयो । (सल्लेरीखबरबाट)

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय