भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौँ : प्रधानमन्त्री कार्की

भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौँ : प्रधानमन्त्री कार्की

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् ।

शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

‘हामीले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौँ र ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौँ,’ उनले भने ।

वर्तमान सरकारले जवाफदेहीता सुनिश्चित गर्न तत्काल कदमहरू चालिरहेको उनले ब्रिफिङको क्रममा भनेकी छिन् ।

‘संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यहरूका लागि सबैभन्दा बढी फौज पठाउने देश हुनुमा हामीलाई गर्व छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय