मध्यरातमा प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस, मन्त्री र सांसदको प्रतिक्रिया

मध्यरातमा प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस, मन्त्री र सांसदको प्रतिक्रिया

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्।

शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन भनेका हुन्।

प्रधानमन्त्री शाहको उक्त पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिम?” भनी कमेन्ट गरेका छन् भने भिक्टर पौडेलले व्यङ्ग्य थप्दै “नाई फेरि उठाउन आउला पुलिस” भन्दै प्रतिक्रिया दिएका छन्। रास्वपा सांसद ज्वाला संग्रौलाले मसँग छ तर दिन्न भनेकी छन्। अर्की सांसद रन्जु दर्शनाले ‘पीएम पनि राजदूत पनि बन्न पाइनन्’ भनेकी छन्।

बालेनको यो स्टाटस र त्यसमा आएका प्रतिक्रियाहरूले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेका छन्। सरकार प्रमुख तथा मन्त्री पदमा रहेकाहरूले यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिन नहुने भन्दै धेरैले टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा रोमन नेपालीमा लेखेका छन्, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न?”

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय