माओवादीले भन्यो– प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्नु भयो, सदनमा झुट बोल्नु भयो

माओवादीले भन्यो– प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्नु भयो, सदनमा झुट बोल्नु भयो

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्री ओलीले सदनमा बोल्दा कामको प्रगति भन्दा पनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनु भयो । सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रष्ट विधेयकमा देखिन्छ । हामीले तथ्य र प्रमाणको आधारमा संसदमा बोल्दा उहाँले सामाजिक सञ्जालका लागि कन्टेन्ट निर्माण गर्ने थलो भनेर संसद् र सांसदलाई अपमान गर्नु भयो । त्यसकाप्रति म खेद प्रकट गर्छु ।’ उनले देशका प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न नहुने बताइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय