माया नै सबैथोक हो भनि अन्तरजातीय विवाह, गर्व अवस्थाकी विपनालाई गरिव र दलित भन्दै लात !!

माया नै सबैथोक हो भनि अन्तरजातीय विवाह, गर्व अवस्थाकी विपनालाई गरिव र दलित भन्दै लात !!

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

महेन्द्र कौशल – २१औं सताब्दीमा पनि समाज परिवर्तन हुन सकेको छैन। मानिसहरु बाहिर जे जस्तो गरे पनि भित्रभित्र दलित भनेर हेपिएका छन। मानिस मानिसमा पनि दलित भनेर विभिन्न तवरबाट हेपिएको र हेपाइ भोगिरहेका तनाम भेटिन्छन। त्यस्तै बिपना सावत पनि एक दलित भनेर हेपिएकी नारी हुन। उनलाइ समाजबाट नहेपिए पनी आफ्नै घर र श्रीमानबाट हेपाइ भोगिरहेकी छन।

मुसिकोट नगरपालिका ५ अमलाबोट बस्ने बिपना सावत यहाँ भन्दा अगाडि डेड वर्ष पहिले मदाने गाउपालिका -६ का राजु कुवर छेत्री सङ्ग भागि विवाह गरेकी थिइन। उनी विवाह पहिले नै आफ्नो गरिबी र दलित जात भएको सबै कुरा भन्दा भन्दै पनि माया नै सवथोक हो भन्दै विवाह गरुम भनेर सोही कुवरले घरबाट नै भगाइ विवाह गरेका थिए। बिपना वैशाख सम्म राजु कुवर सङ्गै थिएन र निर्दोष बिपना गर्भवती भए पछि उनलाई सानो जात दलित हो भनेर दिनहुँ दिन कुटपिट र अभद्र व्यवहार हुन थाल्यो।

उनी त्यहाँ बस्न लाएक भइनन र उनी पुन: माइत नै आइन। बिवाह भएको करिब 9 महिना पछि सन्तान जन्मियो र गाउँ समाजमा बाउको नाम दिनको निमित्त उनका श्रीमान कुँवरलाई बोलाउदा अश्लील शब्द सहित सहित जातभातको आक्षेप लगाइ दलित होस , गतिलो जात हैन, म आउदिन, जस्ता अनेक बहाना गरेर अहिले सम्पर्कमा आउन खोज्दैनन। बिपनाको माइतकी आमाले अर्काको मेलापात र भारि बोकेर बिपना र अबोध शिशु(छोरी)लाई पालनपोषण गरेकी छन। अहिले छोरि २ महिना पुग्दा सम्म पनि राजु कुँवर सम्पर्कमा आएका छैनन।

उनि जुन माइत भासेकी छिन त्यसको छुट्टै अझ दर्दनाक कथा छ, परिवार सम्पूर्ण नै बिजोक छ, बस्ने बास, खाने गास छैन | हामी बिपनाको माइतमै पुगी उनको अनि उनको माइतीको वास्तविक पिडाको भिडियो रिपोर्ट तयार पारेका छौ “Badigad Online” युट्युव च्यानलमा अपडेट रहनुहोला !!

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय