मुसिकोटमा १६ सक्रंमित थपिए !

मुसिकोटमा १६ सक्रंमित थपिए !

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,बडिगाड अनलाइन । मुसिकोट नगरपालिकामा मगंलबार थप १६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आज १९ जनाको ऐन्टिजेन परिक्षण गरिएकोमा १६ जनामा सक्रंमण पुष्टी भएको हो ।

सक्रंमितहरु वडा नं २ का ३ जना पुरुष, वडा नं १ की १ जना महिला, वडा नं ५ का ३ पुरुष र २ महिला, वडा नं ७ का ३ महिला र २ पुरुष तथा वडा नं ९ का एकजना पुरुष रहेका छन् ।

उनीहरुमा सकांस्पद लक्षण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

यो सगैं मुसिकोट नगरपालिकामा अहिले ३२ जना महिला र ४७ जना पुरुष गरी ७९ जना सक्रिय सक्रंमित होम आईसोलेनमा रहेका छन् । नगरपालिकामा सक्रंमणका कारण अहिलेसम्म २ जना पुरुषको ज्यान गएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय