मुसिकोट नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख दायित्व ग्रामिण उद्यम दु्रतीकरण कार्यक्रमको औपचारिक सुभारम्भ

मुसिकोट नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख दायित्व ग्रामिण उद्यम दु्रतीकरण कार्यक्रमको औपचारिक सुभारम्भ

देश दुनिया खबर
3 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी – मुसिकोट नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख दायित्व ग्रामिण उद्यम दु्रतीकरण कार्यक्रमको औपचारिक सुभारम्भ एवं अभिमुखीकरण कार्यक्रम मुसिकोट नगरपालिकामा सोमबार सम्पन्न भएको छ । दायित्व संस्थाका परियोजना व्यवस्थापक साम्यूज्य शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण गर्दै परियोजना अधिकृत सूर्य रिजालले यो परियोजना विशुद्ध सेवा मूलक भएकाले देशमा उद्यमीहरु बढेमात्र देश विकास सम्भव हुने बताउनुभयो । साथै उहाँले यो परियोजना प्रतियोगीता जस्तो रहेकाले नगरपालिका भित्र रहेका सम्पूर्ण उद्यमीहरुलाई सहभागीता जनाउन पनि आग्रह गर्नुभयो । प्रतियोगीतामा सहभागी हुन सम्बन्धित उद्यम कृषि र पर्यटन सगं सम्बन्धित रही दर्ता भएको हुनुपर्ने भन्दै मुसिकोट नगरपालिकाको कार्यालय र यस अन्तर्गत रहेका ९ वटै वडा कार्यालयहरुमा रहेका आवेदन भरेर सहभागीता जनाउन आग्रह पनि गर्नुभयो ।

प्राप्त आवेदनको आधारमा मूल्याङ्कन गरी पहिलो चरणमा २० उद्यमी छनोट गरिनेछ भने एस.एम.एस भोटिङको आधारमा दास्रो चरणमा १० उद्यमी छनोट गरिनेछ भने तेस्रो चरणमा कार्यसम्पादन र मूल्याङ्कनका आधारमा ५ उद्यमी छनोट गरिनेछ त्यस्तै अन्त्यमा विजेता मुसिकोट नगर उद्यमी घोषणा गरिनेछ ।प्रतियोगीताको उत्कृष्ट १० उद्यमीलाई व्यापार साक्षरता तालिम दिईनेछ भने दायित्वको तर्फबाट उत्कृष्ट उद्यम क्षेत्र र प्रशिक्षित सफल उद्यमीहरुसगं साक्षात्कार गरिने उहाँले बताउनुभयो । त्यस्तै उत्कृष्ट ५ जना छनौटमा परेमा उद्यमीहरुले प्रमाणपत्रको साथमा प्रोत्साहन स्वरुप नगद रु ५० हजार पनि प्रदान गरिर्ने स्पष्ट पादै छनौटमा परेका उद्यमीहरुलाई विशेष नेतृत्व विकासको तालिम, प्राविधिक तालिम र व्यवसायिक परामर्श पनि प्रदान गरिने जानकारी दिनुभयो ।

भने उत्कृष्ट मुसिकोट नगर उद्यमी बन्न सफल उद्यमीलाई नगद रु १ लाख सहित सम्मान गरिने पनि बताईएको छ । मुसिकोट नगरपालिका सगंको सहकार्यमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रम अन्तरगत यस क्षेत्रमा उत्कृष्ट मध्येबाट उद्यमी छनौट गरिनेछ । उद्यमी छनोट अन्तर्गत कुनै पनि उद्यमीले प्रत्येक वडा कार्यालयमा रहेका फर्म भरेर परियोजनाकालागि प्रस्ताव आह्वान गर्न सक्नेछन् । परियोजना १ वर्ष सम्म सञ्चालन हुनेछ । मुसिकोट नगरपालिकाका पशु सेवा प्रमुख महेन्द्रराज पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महेन्द्र घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ५ का वडाध्यक्ष भागिरथ खरेल, उद्यमी चुमा घर्ती मगर, नेपाली काँग्रेस मुसिकोट नगरपालिका छायाँ सरकार प्रमुख झविलाल भण्डारी, नेकपा एमाले मुसिकोट नगर कमिटी सचिव अग्नीधर लोहोनी लगायतले मन्तव्य व्यक्त गर्दै यो परियोजना राजनैतीक पुर्वाग्रह भन्दा भिन्न रहेर वास्तविक उद्यमीहरुको विकासको लागि कटिबद्ध हुन आग्रह गर्नुभएको थियो ।

साथै कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी, नगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेको थियो । दायित्वले सन् २०१४ देखि पाल्पा, गुल्मी र रामेछाप जिल्लामा ग्रामिण उद्यम प्रवर्दन कार्यक्रम कार्यान्वयन गर्दै आइरहेको छ । युवाहरुको नेतृत्व क्षमतामा वृद्धि गरी उनीहरुले आफ्नो जिवन र समुदायमा आधारभुत परिवर्तन ल्याउन र उनीहरुको प्राविधिक क्षमतामा वृद्धि गराई व्यवसायमा प्रगती गर्न मार्ग निर्देशन गर्दै आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय