रवि लामिछाने अस्पताल भर्ना, के भएको हो ?

रवि लामिछाने अस्पताल भर्ना, के भएको हो ?

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएको पुष्टि भएको छ ।

बायाँ खुट्टामा देखिएको समस्याका कारण उनलाई मंगलबार (माघ १३ गते) अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईंले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लामिछानेलाई गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रमका क्रममा बायाँ खुट्टामा चोट लागेको थियो । चोट लागेपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभई ‘सेलुलाइटिस’ (छालाको भित्री तहको संक्रमण) भएपछि उहाँलाई अस्पताल भर्ना गरी उपचार सुरु गरिएको हो ।

अस्पतालका अनुसार हाल उनलाई नशाबाट एन्टिबायोटिक्स (IV Antibiotics) दिएर उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उपचार प्रक्रिया जारी रहेको जानकारी गराउँदछौँ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय