राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको समेत उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बुर्लाकोटी गोरखा क्षेत्र नम्बर २ बाट फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभामा विजयी भएका सांसद हुन् । उता सचेतकमा सांसदद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन् ।
क्रान्तिशिखा भदौको जेन-जी आन्दोलनपछि एमाले छाडेर रास्वपा प्रवेश गरेकी थिइन् । परियार भने विवेकशील पार्टी हुँदै रास्वपामा आएका हुन्।
समानुपातिक सांसद रहेका दुवैजनालाई अब रास्वपाका १८२ सांसदलाई अनुशासनमा राख्ने, ह्विप लगाउने सहितका जिम्मेवारी आएको छ।