अनिश शर्मा गैरे, गुल्मी २५ कार्तिक मुसिकोट नगरपालिका ८ मा ५ दिने मौरीपालन तालिम सम्पन्न भएको छ । व्यवसायिक मौरीपालनलाइ प्रवद्र्धन गर्ने उद्धेश्य सहित गत २१ गतेबाट तालिम सुरु सुरु भएको थियो । तालिमको अवसरमा मौरिपालक कृषक हरू लाई मौरी सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक दुबै ज्ञान दिइएको छ । मुसिकोट नगरपालिकाका कृषि शाखाका प्राविधिक सर्वजित ओलीले तालिम दिए ।
सो अवसरमा गोला विभाजन, गोला समायोजन, मह प्रशोधन र कृत्रिम रानी उत्पादन लगायतका सीपहरु व्यवसायीले प्राप्त गरेका छन् ।
समापन समारोहमा वडाध्यक्ष नारायण सापकोटाले बोल्दै मुसिकोट नगरपालिकामा नै सबैभन्दा बढी मह उत्पादन गर्न सम्भाव्य क्षेत्र वडा नम्बर ८ रहेको भन्दै वडालाइ महको हव बनाउने बताए ।
सो अवसरमा कृषि अधिकृत जनक पौडेल, प्रशिक्षक ओली, शारदा विद्या मन्दिर माद्यामिक विद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटा, प्राविधिक सहायक शिबहरी गौतम लगायतको बिशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक कम्यूटर अपरेटर उज्वल खत्रीले गरेका थिए । वडा भित्रका २५ जना कृषकले तालिममा सहभागीता जनाएका थिए ।
सहभागीहरुले तालिममा सिकेका कुराहरुलाइ व्यवहारमा लागु गरि मह उत्पादन बढाउन अघि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनमा पनि यसैखालका सीपमुलक तालिमका कामहरु ग्र्न वडालाइ सुझाव दिएका थिए ।