विवाहको कार्ड बाडेर संसारबाट अस्ताइन रमिता!! हान्ने ट्रीपर र घटनाको बिस्तृत जानकारी [भिडियोसहित]

विवाहको कार्ड बाडेर संसारबाट अस्ताइन रमिता!! हान्ने ट्रीपर र घटनाको बिस्तृत जानकारी [भिडियोसहित]

देश दुनिया खबर
3 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

महेन्द्र कौशल  – बैतडी जिल्लाको दशरथचन्द नगरपालिका-१ गुरुखोला स्थायी घर भएकी रमिता भट्टको कंचनपुरको भिमदत्त नगरपालिका-४ भानुचोक नजिकै से १ क ८८७ नब्बरको टप्परले ठक्कर दिदा समिताको घटना स्थालमै नि’धन भएको हो। स्व. रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन्। ३ दिन पछि मात्र आफ्नो विवाह हुने भनेर आफुले पढ्ने क्याम्पसका साथी तथा आफ्नो साथीहरुलाइ विवाहको कार्ड बाड्ने भनेर उनी १० गते दिउस २ बजे आफ्नो डेराबाट बहिरा निस्केकी थिइन। बाजिर निस्कदा उनको नन्द र अमाजुले बाहिर नजानु भन्नू भएको रहेछ तर निर्दोष रमिताले साथिलाई कार्ड पुर्याउछु भन्दै हिडेकी रमिता गएको आधा घन्टामै टिप्पर उनको काल बनेर आयो र उनको सारा सपना खुसी लुट्यो र बिहे नै रोकिदियो।

समिता यो सिङ्गो सन्सारबाट कहिले नफर्कने गरि सधैको लागि अस्ताइन। आफ्नो विवाह पर्खी रहेका समिताको प्रेमी प्रकाश टेरको भने पर्खाइको घडी लम्बियो। उनी आफ्नो सामाजिक संजाल फेसबुकमा निकै भावुक स्टाटस लेखेका छन।:- (कहाँ छस् छिटो आइज न प्लीज । एक चिप्टी सिन्दुरको लागि तैंले आफ्ना आफन्त सबैलाई छोडेर मलाई साथ दिइस् म संग आइस् तर अहिले मलाई बिच बाटोमा छोडेर किन गइस् ? अब यति लामो जिवनको वाटो म एक्लै कसरी हिड्नु ? कति सपनाहरु थिए किन धोका दिइन् ?तँलाई मैले पहिले नै भनेको थिए तलाई केही हुनु पहिला नै म रहन्न भनेर ? मलाई एक्लै किन छोडेर गइस् ? म एक्लै के गरुँ ? छिटो आइज न विवाह गरुँम। मैले ल्याइदिएको यो साडीमा तेरो सिउँदोमा सिन्दुर लगाइदिने सपना छ मेरो । म पनि छिट्टै आउँछु तँ संग बुढी । मलाई नभुलेस् है मलाई पर्खेर बसेस् । म पनि छिट्टै आउँछु तँ संगै चखेवाको जोडी जस्तै थियो हाम्रो माया अब एक गएपछि अर्को आफै आउँछ ।) यो कुराले सारा नेपाली जनहरुको आँखामा आसु आएको छ। उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर आएकी थिइन्। टेरसँगै बसिरहेकी उनलाई अन्तरजातिय (बाहुन–क्षेत्री) भएको कारणले माइती पक्षले स्वीकार गरेको थिएन।

अहिले उनले आफ्नो माइती पक्षको मन जितेर माइतीलाई राजी गराएत रमिता र प्रकाशको औपचारिक विवाह हुन निश्चित भएको थियो। रमिता भट्ट कञ्चनपुरको महेन्द्रनगरको जनज्योति टोलमा साथीलाई विवाहको कार्ड दिनको गएकी थिइन्। रमिताल आफ्नो साथिलाइ विवाहको कार्ड बाडेर त फर्किन तर त्यस विवाह हुन पाएन । आफ्नो साथिलाई कार्ड बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ कार्ड बाँडेर साइकलमा फर्कंदै गर्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भानु चोक मै बिहीबार साँझ समान दिशाबाट आएको से१क ८८७ नम्बरको टिपरको ठक्करबाट निधन भएको हो। ठक्कर दिएको टिप्परलाई महेन्द्र नगर बासिले ढुङ्गा प्रहार गरि क्षेती भएको छ र थप अर्को टिप्पर पनि क्षेती भएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय