विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ : शेखर कोइराला

विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ : शेखर कोइराला

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन आफूले मध्यमार्गी बाटो रोजेको जिकिर गरेका छन् ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ स्थित सुन्दरहरैँचामा कांग्रेसका समर्थकहरूसँग कुराकानीका क्रममा कोइरालाले आफू दोस्रो विशेष महाधिवेशनमा नगएर पार्टी विभाजन रोक्न भूमिका खेलेको बताए ।


त्यसबेला एउटा समूह विशेष महाधिवेशन र अर्को नियमित महाधिवेशन भनेर हिँड्दा आफूले मध्यमार्गी बाटो रोजेको उनले बताएका छन् । ‘त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ’, उनले भने ।

आफू विशेष महाधिवेशनको हलमा गएको भए पार्टी दुई टुक्रा हुने निश्चित रहेको उनले सुनाए । ‘म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो,’ उनले भने ।


विशेष महाधिवेशनको हलमा जाँदा सभापति बन्ने अवसर पनि पाउने अवस्था रहेको उनको भनाइ थियो । तर पार्टी दुई टुक्रा हुने देखेपछि त्यहाँ नगएको उनले जिकिर गरे । ‘त्यहाँ गएको भए म पार्टी सभापति म बन्थेँ, बन्दैनथे त्यो बेग्लै कुरा हो। तर, पार्टी दुई टुक्रा हुन्थ्यो,’ कोइरालाले भने ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय