शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विशेष अदालतले हिमालयन रि-इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक आदेश जारी गरेको हो।

गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको थियो। अदालतको आदेशबमोजिम तोकिएको धरौटी रकम बुझाएर उनी साधारण तारेखमा रिहा हुने बाटो खुलेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय