श्रीमान विदेश, श्रीमती परपुरुषसंग आपतिजनक अवस्थामा भेटेपछि छिमेकीले लगाए चुक्कल [भिडियोसहित]

श्रीमान विदेश, श्रीमती परपुरुषसंग आपतिजनक अवस्थामा भेटेपछि छिमेकीले लगाए चुक्कल [भिडियोसहित]

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

महेन्द्र कौशल – धेरै मानिस वैदेशिक रोजगार गर्न पर्देशिन पुग्छन। दर्जनौ युवा जनशक्ति विभिन्न तवरबाट ठगिन पुग्छ्न। कोहि युवा दलालीको फन्दामा त कोहि युवा आफ्नो श्रीमतीको फन्दामा। त्यस्तै गरि किशन कुमाल पनि आफ्नै श्रीमतीको ठगिको सिकार बन्न पुगेका छन। किशन कुमाल विदेशमा छन। प्युठान माइतीघर भएकी बिपना नामक महिला उनकि श्रीमती हुन। मुसिकोट ४ दोभान तिलुवामा बिपना नामक महिला परपुरुष सङ्ग रात बिताउन खोज्दा छिमेकीद्वारा थुनाइमा परेका छन्।

पटक पटक छिमेकीको फन्दामा परेकी बिपना गत शुक्रबार राती करिब १० बजे फेरी फरक पर पुरुषसँग भेटिएकी हुन | उनको करिब ५ वर्षीय सौगात नामक एक सन्तान र किशन नामक श्रीमान पनि रहेको कुरा छिमेक स्रोतले बताए। करिब १० बजे महिलाको कोठामा छिर्दा छिमेकले पत्तो पाएसी दुवै जनालाई कोठामा चुक्कल लगाएर थुनेका थुनेका हुन्। १० बजे छिरेको परपुरुषको ठेगाना खुल्न सकेको थिएन तर थुनाइमा परेकी महिलाले आफ्नो माइत प्युठान तिरको दाइ हुन भनी परिचय दिइ राखेकी थिइन।

शनिबार बिहान सम्म छिमेकका बुद्धिजिवि भद्रभलाद्मी टिका गुरुङ्ग,टीका बहादुर कुमाल, सर्मजित कुमाल लगाएत लगभग २५-३० जनाले इलाका प्रहरी कार्यलय वामी र मुसिकोट नगरपालिकामा उजुरी गरेको कुरा खुलासा भएको छ। मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा सहित केहि प्रहरी जवानले परपुरुषलाई सबै कुरा सोधपुछ गर्दा र परिचान पत्र माग्दा नागरिकतामा नाम दिपक सार्की, वर्ष २८ र ठेगाना चन्द्रकोट २ रहेको कुरा छिमेक स्रोतले जानकरी दिएका छन्। सो बिपना नामक महिलालाई मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा सहित प्रहरी र सम्पुर्ण छिमेकको रहोबरमा दुबै जनालाइ मान्य सर्तमा परपुरुष सङ्गै पठाइएको कुरा छिमेक स्रोतले जानकारी दिएका हुन्।

थप जानकारी भिडियोमा हेर्नुहोस !!

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय