सरकारलाई गिरिबन्धु र वाइडबडी र ओम्नीको फाइल खोल्न एमालेको चुनौती

सरकारलाई गिरिबन्धु र वाइडबडी र ओम्नीको फाइल खोल्न एमालेको चुनौती

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेकपा एमालेकी नेत्रृ पद्मा अर्यालले एमालेको सरकार जोडिएका सबै प्रकरणको फाइल खोल्न अनुरोध गरेकी छन्। एमालेसँग जोडिएका गिरीबन्धु टीस्टेट, ओम्नी, वाइडबडीको अनुसन्धान गर्न उनले प्रतिनिधिसभामार्फत अनुरोध गरेकी हुन्। यसअघि बजेटको विषयमा प्रश्न गर्दा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले अन्य दलको पनि फाइल खुल्ने बताएका थिए। जसको जबाफ स्वरूप अर्यालले आज धम्क्याउने नभई फाइल खोलेर देखाउन चुनौती दिएकी हुन्।

प्रतिनिधि सभाको बैठकमा अर्यालले भनिन्, ‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ रु टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् । त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडीको फाइल खोलियोस् । साँच्चै कुरा के हो बाहिर ल्याइयोस् ।’

उनले थपिन्, ‘सरकारकै जिम्मेवार व्यक्तिहरू, सरकारकै जिम्मेवारी लिएका मन्त्रीहरू नाङ्गै आएर आरोपित गर्ने, धम्काउने अनि स्वरलाई कमजोर बनाउनको निम्ति विभिन्न खालका काण्डहरूका फाइल देखाउँछु भनेर जुन खालको धम्काइरहनुभएको छ, यो त सरासर गलत चिज छ, यो खेदजनक चिज ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय