सांसदहरुलाई रास्वपाको निर्देशन- गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्नू

सांसदहरुलाई रास्वपाको निर्देशन- गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्नू

देश दुनिया खबर
2 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाका सांसदहरुलाई गृह जिल्ला फर्किएर बढ्दो तनाव कम गरि सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा मधेस र कोशी प्रदेशका सांसदहरुको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएको सांसद रहबर अन्सारीले जानकारी दिएका हुन् । उनकाअनुसार बैठकमा सभापति लामिछानेले कुनैपनि किसिमको धार्मिक सद्भाव भड्कन नदिने कुरामा पार्टी गम्भीर रहेको भन्दै निर्वाचन क्षेत्र गएर जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

सांसद अन्सारीले पार्टीको निर्देशन बमोजिम सबै सांसदहरु आ–आफ्नो जिल्ला जान लागेको बताए । उनले राज्यका हरेक नागरिक एउटै परिवार हो भन्ने कुरामा पार्टी स्पष्ट भएको भन्दै नागरिक वा समुदायमाथि आइपर्ने कुनैपनि प्रकारको आपत्तिलाई पार्टी गम्भीर रूपमा लिने बताए ।

बैठकबाट बाहिरिँदै उनले नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन समेत अपिल गरे ।

‘राज्यका हरेक नागरिक एउटै परिवार हौँ भन्ने कुरामा पार्टी स्पष्ट छ । कुनैपनि नागरिक वा समुदायमाथि कुनैपनि प्रकारको आपत्ति आउँछ भने पार्टी गम्भीर रूपमा लिन्छ । र पार्टीका प्रत्येक सांसद र सदस्यले समेत मुलुकको उत्पन्न समस्याको अनरसिप लिनुपर्छ भन्दै उहाँ (सभापति) ले स्पष्ट निर्देशन दिनुभएको छ,’ उनले भने, ‘पार्टीका सम्पूर्ण सांसदहरु आआफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका खेल्न र सद्भावको सन्देश दिँदै यस प्रकारका सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्नू भन्नुभएको छ । सोही अनुरूप हामी आआफ्नो प्रदेश र जिल्ला जान्छौँ । र राज्यका संयन्त्रहरुसँग आवश्यक समन्वय पनि गर्छौँ ।’

सुनसरी, सिरहालगायत पूर्वी जिल्लमा धार्मिक तनाव उत्पन्न भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय