सामाजिक सञ्जाल बन्द भए कस्तो असर पर्ला ?

सामाजिक सञ्जाल बन्द भए कस्तो असर पर्ला ?

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू (जस्तै फेसबुक, एक्स आदि) बन्द गर्ने निर्णय गरेको छ ।

सात दिनको अल्टिमेटममा दर्ता नगरेपछि सञ्चार मन्त्रालयको निर्देशनमा दूरसञ्चार प्राधिकरणले यस्तो कदम चालेको हो ।

विशेषज्ञका अनुसार यस कदमले तत्काल चार ठूला असर निम्त्याउन सक्छन् ।

१️. साइबर जोखिम– ‘भीपीएन प्रयोग बढेर बैंकिङ ठगी र साइबर अपराधको खतरा उच्च हुन्छ,’ डा. राजीव सुब्बा ।

२️. सामाजिक सम्बन्धमा असर– ‘वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूको परिवारबीच भावनात्मक दूरी बढ्छ,’ डा. मीना पौडेल ।

३️. व्यवसायमा धक्का– अनौपचारिक अर्थतन्त्र र स्टार्टअपहरूमा ठूलो असर पर्छ, बजार विस्तार र मार्केटिङका प्रमुख च्यानल हराउँछन्,’ डा. चन्द्रमणि अधिकारी ।

४️. अभिव्यक्ति स्वतन्त्रतामा संकुचन– ‘सञ्चार र आलोचनाको ठूलो माध्यम हराउँछ, जसले नागरिकको आवाज थिच्छ।’ उज्ज्वल आचार्य ।

यसरी सामाजिक सञ्जाल बन्दको निर्णयले नागरिक जीवन, अर्थतन्त्र र लोकतान्त्रिक अधिकार सबै क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय