सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ हजारले बढ्दा कति पुग्यो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ हजारले बढ्दा कति पुग्यो ?

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं– नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको हो ।

महासंघका अनुसार आज सुन तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ र यो अहिलेसम्मकै महँगो हो।

यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय