दिनेश शर्मा,निसिखोला बाग्लुङ – देशभर अहिले विभिन्न कार्यक्रम हरुको आयोजना गरि नेपाल भ्रमण बर्ष २०२० मनाइरहेको सन्दर्भमा बाग्लुङ जिल्ला लाई पनि यसले नछोइरहन सकेन तसर्थ नेपाल भ्रमण बर्ष २०२० को पुर्बसन्ध्या मा मङ्गल बार निसिखोला गाउपालिका को आयोजना र धवलागिरी पर्यटन प्रबर्द्धन केन्द्र गन्डकी प्रदेश को सम्योजन मा आयोजित कार्यक्रममा प्रमुख अतिथी को रुपमा सहभागी हुन निसोखोला पुग्नुभएका जिल्ला समन्वय समिती का उपप्रमुख बिष्णु भुषाल बाग्लुङ, रुकुम र रोल्पा को सिमाना निसिखोला ६ पातिहाल्ने पुग्नुभएको थियो। पातिहाल्ने नजिक रहेको हिमश्रीङ्खला हरुको अवलोकन मा प्रत्यक्ष सहभागी हुँदै उपप्रमुख भुषाल ले नेपाल मै अत्यन्तै मनमोहक र सुन्दर दृश्यहरु रहेको र यसले समस्त विश्व समुदायको नजर लाई नेपाल र नेपालितर्फ आकर्षण गर्ने भन्दै पर्यटन ले मात्र नेपालको अर्थतन्त्र उकास्नसक्ने दाबी गर्नुभयो ।
आन्तरिक र बाह्य पर्यटन नै नेपाल को लागि प्रमुख आम्दानिको श्रोत र बाह्य लगानिको क्षेत्र रहने प्रबल सम्भावना रहेको भन्दै सुन्दर ठाउँ र दृश्य को अवलोकन गर्न बिदेश नै जानुपर्छ भन्ने भावना त्याग्दै पातिहाल्ने जस्ता थुप्रै पर्यटन को लागि महत्त्वपूर्ण तर ओझेलमा परेका स्थान हरुलाइ अगाडि ल्याउन र पर्यटन प्रबर्द्धन गर्न समेत सबै एकमत भएर लाग्नुपर्ने मत प्रकट गर्नुभयो। उक्त अवसरमा निसिखोला गाउपालिका अध्यक्ष तारानाथ पौडेल, धवलागिरी पर्यटन प्रबर्द्धन केन्द्र का सम्योजक खिमानन्द कडेल, समाजसेवी टङ्क पौडेल,प्रेम घर्ती,निसिखोला गाउपालिका का इन्जिनियर ,पत्रकारहरु लगाएत सबैजना हिउँ खेल्दै रमाएका थिए।पातिहाल्ने को उक्त कार्यक्रम पश्चात् उपप्रमुख पौडेल सहित को टोलि ले निसिखोला गाउपालिका अन्तर्गत का नरसिङ्कोट,अर्नाकोट को प्रस्ताबित एअरपोर्ट ,अर्नाकोट होमस्टे लगाएत को अवलोकन गरेको हो।