२ समाचार : समयमै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही प्रक्रिया सुरु||गुल्मीमा ९२ बर्षीय बृद्द सम्मानित !!

२ समाचार : समयमै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही प्रक्रिया सुरु||गुल्मीमा ९२ बर्षीय बृद्द सम्मानित !!

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रामकृस्ण कंडेल – गुल्मी जिल्लामा विभिन्न कार्यालयहरुबाट ठेक्का लगाएका योजना/आयोजनाहरुको निर्माणको अवस्थाको बारेमा सरोकारवाला कार्यालयका प्रमुख हरू संग छलफल कार्यक्रम जिल्ला प्रशासन कार्यलय गुल्मीमा सम्पन्न भएको छ। गुल्मी जिल्ला भित्र समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई आवश्यक कानूनी कारवाहीको लागि प्रकृया अगाडि बढाउने निर्णय गरिएको छ। यसै गरी गृह मन्त्रालयबाट माग भए बमोजिमको निर्माणाधिन योजना/आयोजनाहरुको विवरण पठाउने विषयमा समेत छलफल तथा निर्णयहरू गरिएको छ। प्रमुख जिल्ला अधिकारी श्री कोशहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न भएको बताईएको छ।

अर्को समाचार मुसिकोट मा.बि बडागॉऊ गुल्मीमा अक्षयकोष स्थापना,९२ बर्षिय बृध्द सम्मानित।  रामकृस्ण कंडेल,वामीटक्सार मंसिर२३ मुसिकोट नगरपालिका वार्डनं४,गुल्मीमा अबस्थित मुसिकोट मा बि मा बिधालयको सहयोगार्थ भिम बहादुर सिंह ठकुरिले अक्षय कोष स्थापना गरिदिनु भएको छ।यस क्षेत्रमा जन्मस्थान भई हाल भरतपुर महानगरपालिका९,चितवनमा बस्दै आऊनु भएका ९२बर्षिय बयोबृध्द ठकुरिले बिधालयको लागि पचास हजार पॉच सय पचपन्न आर्थिक सहयोग गरि अक्षय कोष स्थापना गर्नु भएको हो। बिधालय लाई आर्थिक सहयोग गरि अक्षय कोष स्थापना गर्नु हुने शिक्षा प्रेमि,समाजसेबि बयोबृध्द भिम बहादुर सिंह ठकुरिलाई बिधालयको तर्फ देखि भब्य तरिकाले सम्मान गरिएको छ। कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चिना बहादुर सिंहको अध्यक्षता,प्रधानाध्यापक श्यामबहादुर थापाको स्वागत मन्तब्य,पृथ्बी मा बि बडागॉऊका पूर्ब शिक्षक गुप्तबहादुर कार्किको मन्तब्य रहेको थियो भनेशिक्षक ज्ञानिस्वर आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय