गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजले गर्यो ७१ युनिट बलड संकलन,प्रदेश सभासद खड्क के सी द्वारा उच्च प्रशंसा।

गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजले गर्यो ७१ युनिट बलड संकलन,प्रदेश सभासद खड्क के सी द्वारा उच्च प्रशंसा।

देश दुनिया खबर
3 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रामकृस्ण कंडेल – रक्तदान जिवनदान भएको भन्दै प्रदेश सभासद खड्क के सी ले गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवलको उच्च प्रशंसा गर्नु भएको छ। ठुलो संख्यामा बुटवलमा यस संस्थाको आयोजनामा संस्था संग सम्बन्धित ब्यक्तित्व हरू उपस्थित गराई ७१ युनिट बलड संकलन गरेको प्रसंगमा प्रशंसा गर्दै सभासद के सी ले यस संस्थाले समय समयमा यस प्रकारका महत्वपूर्ण कार्यहरू गर्दै आएको र ब्डलको अभाबमा मृत्युको मुखमा पुगेका घाईते,सुत्केरी,बिरामी हरूको ज्यान बचाऊन सकिएको बताऊनु भएको छ।संस्था हरू धेरै खुलेका छन तर गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवल उत्कृस्ट संस्थाको रूपमा अगाडि बढिरहेको भन्दै प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै सभासद के सी ले यसको सफलताको कामना समेत गर्नु भएको छ।कार्यक्रममा समाजसेबि तथा कुर्घा मालिका मन्दिरका अध्यक्ष झबिराम शर्मा,मानब कल्याण मित्र मन्च,नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्याल,गुल्मी रूपन्देहि सम्पर्क समाजका कार्यबाहक अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थ,त्रिभुवन मा बि,भुवाचिदी,गुल्मीका शिक्षक गोपाल रायमाझी,पौदि अमराई सम्पर्क समाजका अध्यक्ष लिलाधर गौतम बिशिस्ट अतिथिको रूपमा रहनु भएको थियो।

गुल्मीको कुर्घा बाट रूपन्देहिमा बसाईसरी बसोबास गर्दै आऊनु भएका कुर्घेली हरूले बुटवलमा यहि मंसिर २१गते शनिबार परिचयात्मक डाईरेकटरि०७६बिमोचन तथा रक्तदान कार्यक्रम समेत गरिएको छ। यस कार्यक्रमको सम्पूर्ण आर्थिक खर्च न्यूजिल्यान्डमा कार्यरत हरि भन्डारी र हिमा अर्यालले गर्नु भएको संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताऊनु भयो।अध्यक्ष अर्यालका अनुसार बिदेशमा रहेर पनि आफ्नो जन्मभूमीको हितका निम्ती कुर्घेली हरूका ज्वाई हरि भन्डारी र कुर्घेली हरूकी छोरी हिमा अर्यालले रक्त दान र पुस्तक प्रकाशन जस्ता महत्वपूर्ण कार्यमा निकै ठुलो आर्थिक सहयोग गरी गुन लगाएको बताऊनु भएको छ।अध्यक्ष अर्यालका अनुसार संस्थाले समय समयमा रक्तदान कार्यक्रम हरू आयोजना गर्दै आएको र यस कार्यले धेरै जनाको जिवन बचाऊन सकेकोले आफु हरू लाई गौरब लागेको बताऊनु भएको छ।यसपटक रक्तदानको साथै कुर्घा, गुल्मी बाट रूपन्देही आई बसोबास गरीरहनु भएका सम्पूर्ण कुर्घेली हरूको बर्तमान अबस्था सहित सम्पर्क नम्बर संलग्न गरी निकै मिहिनेतका साथ तयार गरिएको पुस्तक समेत बिमोचन हुनु लाई महत्वपूर्ण रूपमा हेरिएको छ।

रूपन्देहीमा बसोबास गरीरहनु भएका सम्पूर्ण कुर्घेली आमा बुवा,दाजु भाई,दिदि बहिनि हरू,बिज्ञापन दाता हरू,सहयोग दाता हरूको रक्त सन्चार केन्द्र,बुटवल अमरपथमा २१गते बिहान ७बजे देखिनै ठुलो संख्यामा उपस्थित रहेको थियो।यो संस्था ०७५मा बिधिवत रूपमा स्थापित भएता पनि छोटै समयमा मानबिय सेवामा समरपित हुदै आएको छ। कार्यक्रममा डाईरेकटरी सौजन्यकर्ता गोबिन्द बहादुर पंगेनी को परिवार र रक्तदान र डाईरेकटरी बिमेचन कार्यक्रमको प्रायोजक हरि भन्डारी र हिमा अर्यालको परिवार लाई बिशेष सम्मान गरिएको थियो। कार्यक्रममा भेषराज शर्माको स्वागत मन्तब्य,प्रकाश थापाको सन्चालन,अपार शर्माको संयोजन र अध्यक्ष तेजनारायण अर्यालको अध्यक्षता रहेको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय