अन्तरिम सरकारमा मन्त्री बन्नै लागेकी डा.मिश्रसहित १४जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अन्तरिम सरकारमा मन्त्री बन्नै लागेकी डा.मिश्रसहित १४जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

देश दुनिया खबर
2 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । पूर्वसचिव डा.संगीता कौशल मिश्रसहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी स्वास्थ्य मन्त्री नियुक्त हुने चर्चा थियो । सरकारमा सहभागी हुन सचिव पदबाट राजीनामा दिएकी उनै मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।

यसअघि सरकारले विकास देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेपछि असन्तुष्ट उनी विदामा बसेकी थिइन् । जेनजीको आन्दोलनपछिमात्रै उनी मन्त्रालय जान थालेकी हुन् ।

मन्त्री बन्ने चर्चा भएपछि नै आयोगले उनीमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको र मुद्दा दायर गर्ने जानकारी गराएपछि उनको नियुक्ति रोकिएको थियो ।

मिश्रसहित १४ जना विरुद्ध स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राफी मेसिनको खरिद प्रक्रियामा हिनामिना गरेको आरोपमा मुद्दा दायर भएको हो । उनीहरु सबैजनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

डा.मिश्रवाहेक विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा.श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा.सुरेन्द्र प्रसाद चौरासिया, निर्देशक डा.विवेक कुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानुन अधिकृत सिता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, शाखा अधिकृत यादव प्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलक रामा ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पभ्मा मिश्र, विभागको केन्द्रिय स्टोर पथलैयाका जनस्वास्थ्य निर्देशक संजय कुमार साह, म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका प्रमुखको रुपमा काम गर्ने सुन्दर भुसालविरुद्ध मुद्दा दायर गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय