सांसदलाई स्वकीय सचिव दिन नहुने पक्षमा उभिए हर्क साम्पाङ

सांसदलाई स्वकीय सचिव दिन नहुने पक्षमा उभिए हर्क साम्पाङ

देश दुनिया खबर
1 Min Read

बडिगाड मिडिया हाउस प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सांसदलाई स्वकीय सचिव दिन नहुने पक्षमा उभिएका छन् ।

बुधबार सामाजिक संजालमार्फत अध्यक्ष साम्पाङले आफू सांसदहरुलाई स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा रहेको बताएका हुन् । उनले स्वकीय सचिव राख्दा ३० हजारका दरले मासिक ८२ लाख भन्दाबढी लाग्ने भन्दै यसको विरोघ गरेका हुन् ।

उनले भनेका छन्, ‘सांसदहरुले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म । ३० हजारले नै मासिक तलव दिए पनि महिनाको ८२,५०,०००/– वर्षको ९,९०,००,०००/– र ५ बर्षको ४९,५०,००,०००/– रुपैयाँ लाग्छ ।’

उनले स्वकीय सचिव राख्नुको साटो त्यो रकम विकास निर्माणमा खर्च गर्नुपर्ने बताएका छन् । सुशीला कार्की नेतृत्वको सरकारले स्वकीय सचिवको प्रावधान खारेज गरेको थियो । तर बालेन नेतृत्वको सरकाले फेरि त्यसलाई ब्युँताउन लागेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय