अपडेट : गुल्मीका कोरोना सक्रंमित गाउँबाटै गएका थिए बुटवल !

अपडेट : गुल्मीका कोरोना सक्रंमित गाउँबाटै गएका थिए बुटवल !

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय पुरुषमा भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको हो ।

उनी कतैबाट आएको नभई गाउँमै बसीराखेका र गाउँबाट जन्डिसको लक्षण तथा पहिले देखिनै निमोनिया देखा परेको भन्दै उनी जेठ एक गते देखि बुटवलको क्रिमसन अस्पातलमा उपचारको क्रममा रहेका थिए । उनी मदाने गाउँपालिका देखि अर्घाखाँचीसम्म मोटरसाइकलमा गएको र अर्घाखाँचीबाट एम्बुलेन्समा बुटवल गएको स्थानीयले बताएका छन् । उनको परिवार र सम्पर्कमा रहेका ब्याक्तिहरुको पहिचान गरि पिसीआर गर्ने तयारीमा रहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

गुल्मीका कोरोना सक्रंमित युवा जण्डीसको उपचारका लागि अस्पताल गएको बताईएको छ । शिक्षण पेशा संलग्न उनलाई जण्डिस भएर उपचारका लागि ल्याइएको अस्पतालले बताएको छ ।  रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा शिल गरिएको छ । अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको हो ।

उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका पुर्कोटदहका ४१ बर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको र उनको अस्पतालको संघन कक्षमामा उपचार भइरहेको स्रोतको भनाई छ । प्रदेश ५ स्थित भैरहवाको प्रयोगशालामा उनको पीसिआर परिक्षण गर्दा ४१ वर्षीय पुरुषमा सक्रंमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय