काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो नाममा चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलाएका छन् ।
आज सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार ललितपुरको सानेपास्थित अपार्टमेन्टको मूल्य २ करोड रुपैयाँ रहेको उल्लेख छ भने ललितपुरमै अर्को घर ५ करोड रुपैयाँ बराबरको रहेको जनाइएको छ ।
यस्तै काभ्रेमा रहेको अपार्टमेन्ट ३ करोड ७५ लाख रुपैयाँको र तनहुँमा रहेको घर २ करोड रुपैयाँको रहेको विवरणमा उल्लेख गरिएको छ ।
सम्पत्ति आर्जनको स्रोतका रूपमा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीलाई उल्लेख गरेका छन् ।
त्यस्तै, उनको बैंक खातामा १ करोड ९० लाख रुपैयाँ मौज्दात रहेको पनि सार्वजनिक विवरणमा जनाइएको छ ।