एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना पनि परिचालन हुने

एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना पनि परिचालन हुने

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेको छ ।

आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा योजना स्वीकृत भएको हो । 

सुरक्षा योजनाअनुसार निर्वाचनमा नेपाली सेना परिचालनका लागि रक्षा मन्त्रालय हुँदै सुरक्षा परिषद्लाई सिफारिस गर्ने निर्णय भएको  गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। बैठकले सातै प्रदेशका सुरक्षा गोष्ठि गर्ने पनि निर्णय गरेको छ । 

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागी थिए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय