कीर्तिपुर मात्र होइन, जुनसुकै डाँडामा बसेर महिनाको २–३ लाख कमाउन सकिन्छ : गगन थापा

कीर्तिपुर मात्र होइन, जुनसुकै डाँडामा बसेर महिनाको २–३ लाख कमाउन सकिन्छ : गगन थापा

देश दुनिया खबर
1 Min Read

देश दुनिया मिडिया प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए कीर्तिपुर मात्र नभई जुनसुकै डाँडामा बसेर महिनाको दुई–तीन लाख कमाउन सकिने दोहोर्‍याएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै कीर्तिपुरको डाँडाबारे आफ्नो भाइरल भएको अभिव्यक्तिलाई सम्झँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईं सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भनेर मैले भनें । कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय